२५ जेष्ठ २०७९, बुधबार ०७:४७ by Baal Udaya

दियाको बालकथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ बजारमा

काठमाडौँ । दिया सापकोटाको अङ्ग्रेजी बालकथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ । दियाका कथाहरूले वातावरण संरक्षणतर्फ विशेष जोड दिएका छन् ।

हिम्मत, कल्पना र सपनाले भरिएका दियाका कथाहरूमा पाठकलाई तान्न सक्ने विषय, प्रस्तुति, शैली र भाषा प्रयोग गरिएको छ । यस पुस्तकमार्फत पाठकले जमिन, समुद्र र वायुमण्डलमा साहसिक यात्रा गर्नुहुन्छ । वातावरणमैत्री सोच र चिन्तन विकास गराउन उनका कथाहरू सक्षम छन् ।

सात वर्षको उमेरदेखि नै कथा लेख्न थालेकी दिया यस पुस्तक प्रकाशन हुँदा एघार वर्ष पूरा हुनुभएको छ । पुस्तकमा जम्मा नौ थान बालकथा समेटिएका छन् । तारा सापकोटाले कथाहरूका लागि चित्र बनाउनुभएको छ ।

यस पुस्तक बालबालिकाका लागि उर्जा, उत्साह र प्रेरणाको स्रोत हुने अपेक्षा गरिएको छ । कलम प्रकाशनले प्रकाशन गरेको ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’को मूल्य २ सय रुपैयाँ रहेको छ ।

बारेBaal Udaya

Leave a Reply

Your email address will not be published.

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/r1-B_DRRXNs" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>