
नवोदयमा कफी हाउस

हेटौंडा । नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कफी हाउस कार्यक्रम सम्पन्न भएको छ । कक्षा ७, ८ र ९ मा अध्ययनरत प्रत्येक बालबालिकाले आफैँले तयार पार्नुभएको सिर्जनात्मक पुस्तक उक्त कार्यक्रममा विमोचन गरिएको थियो ।
कार्यक्रममा विमोचित पुस्तकबाट उहाँहरूले एकएक सिर्जना आफ्ना अभिभावकसमक्ष प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीको सिर्जनशील क्षमता, तार्किक क्षमता, कल्पनाशक्ति, नेतृत्व तथा व्यक्तित्व विकासमा सहयोग पु-याउने विश्वासका साथ विद्यालयले विगत ५ वर्षदेखि कफी हाउस कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पठन संस्कृति एवम् भाषिक सिप विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नवोदय शिशु सदनका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले जानकारी दिनुभयो ।