Category: बाल किताब

२५ जेष्ठ २०७९, बुधबार ०७:४७ by Baal Udaya 0 Comments

दियाको बालकथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ बजारमा

काठमाडौँ । दिया सापकोटाको अङ्ग्रेजी बालकथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ । दियाका कथाहरूले वातावरण संरक्षणतर्फ विशेष जोड दिएका छन् ।

हिम्मत, कल्पना र सपनाले भरिएका दियाका कथाहरूमा पाठकलाई तान्न सक्ने विषय, प्रस्तुति, शैली र भाषा प्रयोग गरिएको छ । यस पुस्तकमार्फत पाठकले जमिन, समुद्र र वायुमण्डलमा साहसिक यात्रा गर्नुहुन्छ । वातावरणमैत्री सोच र चिन्तन विकास गराउन उनका कथाहरू सक्षम छन् ।

सात वर्षको उमेरदेखि नै कथा लेख्न थालेकी दिया यस पुस्तक प्रकाशन हुँदा एघार वर्ष पूरा हुनुभएको छ । पुस्तकमा जम्मा नौ थान बालकथा समेटिएका छन् । तारा सापकोटाले कथाहरूका लागि चित्र बनाउनुभएको छ ।

यस पुस्तक बालबालिकाका लागि उर्जा, उत्साह र प्रेरणाको स्रोत हुने अपेक्षा गरिएको छ । कलम प्रकाशनले प्रकाशन गरेको ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’को मूल्य २ सय रुपैयाँ रहेको छ ।

३१ जेष्ठ २०७८, सोमबार ०९:१० by Baal Udaya 0 Comments

सबै बाल किताब अब बाल उदयमा

बालबालिकाको पढाइमा सहयोग चाहिएको छ तर उपाय जुटिरहेको छैन । उमेर, कक्षा र आवश्यकताका आधारमा उपयोगी र उपयुक्त किताबको सेट नै चाहिएको छ तर यसका लागि कहाँ सम्पर्क गर्ने भन्ने दुविधा छ । आफ्नै लागि वा पुस्तकालयका लागि आवश्यक किताब खोज्न बजार जाने समय निकाल्न सकिएन र एकै ठाउँबाट सबै राम्रा किताब पाउँन पनि मुस्किल भयो । हो, यस्तै भइरहेको छ भने अब चिन्ता गर्नुपर्दैन । हामी तपाईंरुको सेवाका लागि तयार भइसकेका छौं ।

हामीले निम्न मान्यताका साथ काम सुरु गरेका छौंः

‘सबै बाल किताब एकै ठाउँबाट
बाल किताब चाहिए बाल उदयबाट’
र,
हामी आफैंले पढेर मात्र किताब सिफारिस गर्छौं ।
अनि,
उमेर, रुचि र आवश्यकताका आधारमा किताब छनौट गर्न हामी निःशुल्क सहजीकरण गरिरहेका छौं ।

स्कूल, पुस्तकालय, अभिभावक र पाठकहरुबाट प्राप्त उत्साजनक प्रतिक्रिया एवम् सेवा गर्ने अवसरले हामीलाई यो कामको सार्थकता बुझाएको छ । हामी निरन्तर यात्रामा छौं ।

बाल उदय मासिक बालपत्रिकाको बाल किताब कार्यक्रम सिकाइ प्रक्रियामा एउटा टेवा हुनसक्नेछ भन्ने विश्वास लिएर आरम्भ गरेका हौं ।

बाल किताब आवश्यक परे तपाईंको सम्पर्क नम्बर दिनुहोला । हाम्रो आधिकारिक व्यक्तिले सम्पर्क गर्नुहुनेछ ।
वा, तुरुन्त फोन गर्नुहोला, हामी तत्काल सेवा दिन तयार छौं ।

०१४२६५१५२ (अफिस)
९८४०१७६४६९ (गोपाल)
९८५१०४९७३५ (नरेन्द्र)

विस्तृत जानकारी एवम् केही थप प्रस्ताव भए इमेल गर्नुहोला ।

[email protected]

[email protected]

(नोटः जुनसुकै उमेर समुहका लागि आवश्यक अंग्रेजी र नेपालीका जुनै पनि किताब हामीसँग उपलब्ध छन् । काठमाडौं उपत्यकामा निःशुल्क होम डेलिभरी हुनेछ भने उपत्यका बाहिरको हकमा कुरियर चार्ज रु. १०० थप लाग्नेछ ।)

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/r1-B_DRRXNs" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>