Category: शिक्षा खबर

२१ असार २०७९, मंगलवार ०५:३७ by Baal Udaya 0 Comments

बालबालिकाका लागि ‘हिउँको पृथ्वी यात्रा’

काठमाडौँ । शिल्पी थिएटर, बत्तीसपुतलीमा यही साउन १ देखि १५ गतेसम्म नाटक ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन हुने भएको छ।

नाटकको मुख्य विषय पर्यावरण र जलवायु परिवर्तन हो। नाटकमा हिमालबाट बगेका ३ नदीले समुद्रसम्मको आफ्नो यात्राको कथा भन्नेछन् । यात्रामा मान्छे, जनावर र जलप्राणीहरू पनि भेटिन्छन्। नाटकमा तीनका पनि कथा मिसिनेछन्।

घिमिरे युवराजले निर्देशन गर्नुभएको नाटक विशेष गरी कक्षा ६ देखि माथिका बालबालिकाका लागि तयार पारिएको बताइएको छ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/r1-B_DRRXNs" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>