Category: स्कूल खबर

८ असार २०७९, बुधबार ०७:०८ by Baal Udaya 0 Comments

विज्ञान सिकाउँदै नवोदयका बालबालिका

हेटौंडा / नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूले सुक्ष्मदर्शक यन्त्र सञ्चालन र प्याज कोष अध्ययन बारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुभएको छ ।

प्रयोगात्मक तवरले विज्ञान सिक्ने र सिकाउने उद्देश्यले हेटौंडा– ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका कक्षा ७ मा अध्ययनरत १५ जना विद्यार्थीको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो ।

‘माइक्रोस्कोप कसरी चलाउने र कोषलाई कसरी हेर्ने भन्ने विषयमा सिक्ने अवसर पायाैँ । यो अवसर जुटाइदिनुभएकोमा नवोदय विद्यालयप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ लक्ष्मी आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा सबिना लामाले भन्नुभयो ।

विभिन्न सामूदायिक विद्यालयहरूसँग सहकार्य गरी यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने नवोदय विद्यालयले बताएको छ ।

२४ जेष्ठ २०७९, मंगलवार ०६:३५ by Baal Udaya 0 Comments

वातावरण दिवसमा जनचेतनामूलक नाटक


हेटौंडा / नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले बालबालिकाहरूको सचेतनामूलक नाटक प्रस्तुतिसँगै विश्व वातावरण दिवस अर्थात् जुन ५ को दिन वातावरण सप्ताहको समापन गरेको छ ।

नाटकमा वातावरण प्रदूषण र न्यूनीकरणका उपायलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको थियो । साथै, उहाँहरूले वातावरण सम्बन्धी नृत्य तथा गीत पनि प्रस्तुत गर्नुभएको थियो ।

विश्व वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरी बस्तीपुर चोक, हटियामा रहेको जनप्रिय उच्च मावि र हेटौंडाको बुद्धचोकमा विविध सांस्कृतिक कार्यक्रम गर्नुका साथै बालबालिकाले वातावरण सम्बन्धी चित्र पनि बनाउनुभएको थियो ।

विश्व वातावरण दिवसको अवसरमा नवोदय विद्यालय कक्षा ४ का विद्यार्थीहरूले मानसचोक, सङ्गमचोक, सानोपोखरा र मनकामना चोकमा वातावरण पुलिस कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कक्षा ३ का विद्यार्थीहरूले -याली निकाल्नुका साथै पशुपति मन्दिर सरसफाई गर्नुभयो ।

वातावरण दिवसको अवसरमा भएको मोवाइल फोटोग्राफी प्रतियोगितामा प्रहस्थ खड्का प्रथम, दृष्टि प्रधान द्वितीय र इप्सा लामिछाने तृतीय हुनुभएको थियो । प्रतियोगितामा ९६ जना विद्यार्थीले सहभागिता जनाउनुभएको थियो ।

२९ फाल्गुन २०७८, आईतवार ०७:१६ by Baal Udaya 0 Comments

इन्टरनेशनल स्कूलमा कराँतेको ‘बेल्ट अप्ग्रेडिङ्’ कार्यक्रम सम्पन्न

काठमाडौँ / इन्टरनेशनल स्कूल, रातोपूलको कक्षा २, ३ र ४ मा अध्ययनरत बालबालिकाको कराँते ‘बेल्ट अप्ग्रेडिङ्’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बालबालिकाहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्नुभएको थियो । उहाँहरूलाई अभिभावकको उपस्थितिमा प्रमाणपत्र तथा बेल्ट हस्तान्तरण गरिएको हो ।


समारोहमा कक्षा २ का साम्राज्ञी भण्डारी, सरस दर्शनधारी, अभिक कृष्ण मल्ल, वैभवी राना, अपराजिता तिमिल्सिना, कक्षा ३ का आर्या कोइराला, अनुश्री राजकर्णिकार, अनिष्का श्रेष्ठ, साइश्री मिश्र, सेनेका कोइराला बस्नेत र कक्षा ४ का आरभ तिवारी, विमर्श रेग्मी, दर्शिता बगडिया, मेहल दाहाल, निधि श्रेष्ठ, सुशान्त बिमली, श्रीशान श्रेष्ठ, स्वीकृति सिंह ठकुरीलाई पहेँलो बेल्ट हस्तान्तरण गरिएको थियो ।


विद्यालयले प्रगतिशील शिक्षा पद्धति अपनाउँदै आएको र बालबालिकाको चौतर्फी विकास गराउँदै जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्य लिएर काम गरिरहेको विद्यालयका संस्थापक प्रिन्सिपल अनिरुद्र अर्यालले जानकारी गराउनुभयो । कराँते प्रशिक्षणका लागि सिफल खेलकुद प्रतिष्ठानले सहजीकरण गरिरहेको छ ।

४ फाल्गुन २०७८, बुधबार १०:२४ by Baal Udaya 0 Comments

नवोदयमा कफी हाउस

हेटौंडा । नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कफी हाउस कार्यक्रम सम्पन्न भएको छ । कक्षा ७, ८ र ९ मा अध्ययनरत प्रत्येक बालबालिकाले आफैँले तयार पार्नुभएको सिर्जनात्मक पुस्तक उक्त कार्यक्रममा विमोचन गरिएको थियो ।

कार्यक्रममा विमोचित पुस्तकबाट उहाँहरूले एकएक सिर्जना आफ्ना अभिभावकसमक्ष प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीको सिर्जनशील क्षमता, तार्किक क्षमता, कल्पनाशक्ति, नेतृत्व तथा व्यक्तित्व विकासमा सहयोग पु-याउने विश्वासका साथ विद्यालयले विगत ५ वर्षदेखि कफी हाउस कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पठन संस्कृति एवम् भाषिक सिप विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नवोदय शिशु सदनका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले जानकारी दिनुभयो ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/r1-B_DRRXNs" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>